2/24/2020

काठमाडौं, १२ फागुन । भारतको ‘जियोलजिकल सर्वे अफ इण्डिया (जीएसआई)’ले सन् २००५ मै उत्तर प्रदेशको सोनभद्रमा सुन रहेको संकेत पाएको थियो र सन् २०१२ मा त्यहाँ सुन रहेको पुष्टि गरेका थियो ।

2/24/2020

रौतहट, १२ फागुन । रौतहटस्थित सशस्त्र प्रहरी र भारतीय सशस्त्र सीमा बलबीच ५ बुँदे सहमति भएको छ । भारतको बैरगनियामा भएको दुईपक्षीय बैठकमा उक्त सहमति भएको हो ।

2/24/2020

नयाँ दिल्ली, १२ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गुजरातको अहमदाबाद आइपुगेका छन् । उनलाई अहमदाबादस्थित एयरपोर्टमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अंगालो हालेर स्वागत गरे ।

2/24/2020

धनगढी, १२ फागुन । सुदुरपश्चिको कला, संस्कृति र भाषाको संरक्षणको लागि धनगढीमा विश्व नेपाली साहित्य महोत्सवको आयोजना गरिने भएको छ ।

2/24/2020

नेपालगन्ज, १२ फागुन । बालबालिकालाई सीपमुलक र प्राविधिक शिक्षा दिने उद्देश्यले नेपालगन्ज–६ फुल्टेक्रास्थित सिद्धार्थ विद्या सदन विद्यालयले फुड फेस्टिबलको आयोजना गरेको छ ।

2/23/2020

काठमाडौं, १२ फागुन । अन्तराष्ट्रिय नारी दिवस, ८ मार्चको विशेष अवसरमा नेपालको सात वटै प्रदेशबाट ७ जना (प्रत्येक प्रदेशबाट १/१ जना) साहसी नारीलाई “जानकी नारी सम्मान” प्रदान गरिने भएको छ ।

2/23/2020

वीरगंज १२ फागुन । हिन्दू परिषद् नेपालका केन्द्रीय अध्यक्ष सन्तोष पटेलले क्यान्सरभन्दा खतरनाक लभ जिहाद रहेको बताएका छन् ।

2/23/2020

काठमाडौं, १२ फागुन । जय जगत भन्ने मूल नारासहित भारतदेखि जेनेभासम्म शुरु भएको पदयात्राका क्रममा नेपाल आइपुगेका पाँच जना पदयात्री र शान्ति समाजका सदस्यहरुबिच छलफल भएको छ ।

2/23/2020

बुटवल, ११ फागुन । विद्यार्थीलाई पढाइमा मात्र नभई अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै सक्रिय र लगनशील बनाउने उद्देश्यले रुपन्देहीका सरकारी तथा निजी विद्यालयाम खाना महोत्सव आयोजना गरिएको छ ।

2/23/2020

विराटनगर, ११ फागुन । विराटनगरमा आयोजना गरिएको विराट एक्स्पोमा करिब एक अर्ब रुपैयाँको कारोबार भएको छ । फागुन २ गतेबाट सुरु भएको एक्स्पो शनिबार सकिएको छ ।

2/23/2020

काठमाडौं, ११ फागुन । विभिन्न घोटालाका मूल दोषीहरुलाई कारवाहीको दायरामा ल्याउन र संसदमा प्रस्तुत विधेयकहरुमा निहित स्वतन्त्रता विरोधि प्रावधान हटाउन आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले माइतिघरमा प्रदर्शन गरेको छ ।

2/23/2020

नयाँ दिल्ली (भारत), ११ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भ्रमणका लागि सोमबार भारत आइपुग्दैछन् । लाखौँ जनताले आफूलाई स्वागत गर्ने ट्रम्पको अपेक्षा छ ।

2/23/2020

काठमाडौं, ११ फागुन । पोखराले बढी पर्यटक भित्रिने उत्तर पूर्वी भारतीय सहरबाट थप पाहुना भित्रयाउने उद्देश्य लिएर त्यस क्षेत्रमा प्रबद्र्धनात्मक गतिविधि सुरु गरेको छ ।

2/23/2020

काठमाडौं, ११ फागुन । चीनमा फैलिएको कोरोनाभाइरसका कारण रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) को पुनःनिर्माण सकिए पनि हस्तान्तरणमा ढिलाइ भएको छ ।

2/23/2020

काठमाडौं, ११ फागुन । ताप्लेजुङमा भारतीय पर्यटक आकर्षित गर्न महोत्सव सुरु भएको छ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा महोत्सव सुरु भएको हो ।

2/23/2020

काठमाडौं, ११ फागुन । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा कोरोना भाइरस जाँचका लागि सहायताकक्ष राखिएको छ ।

2/23/2020

काठमाडौं, ११ फागुन । चीनको वुहानमा फैलिएको नोभेल कोरोना भाइरसको महामारी रोक्न भारतले विमानस्थलमा अवतरण गर्ने नेपालसहित १० देशबाट जाने यात्रुलाई स्वास्थ्य जाँचपछि मात्रै प्रवेश दिने भएको छ ।

2/23/2020

जनकपुरधाम, ११ फागुन । १५ दिने मिथिलाधाम मध्यमा परिक्रमाको भव्यरुपमा उद्घाटन भएको छ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार मिथिला मध्यमा परिक्रमाको डोला उठाएर उद्घाटन गरेका छन् ।

2/23/2020

बारा, ११ फागुन । प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले राज्य र प्रहरी संगठनले सोचेजस्तो एवं आमनागरिकले खोजेजस्तो उत्कृष्ट प्रहरी सेवा प्रवाह गर्नु प्रहरी कर्मचारीको दायित्व रहेको बताएका छन् ।

2/22/2020

काठमाडौं, ११ फागुन । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले आठ पत्रकारलाई ‘प्रधानसेनापति प्रशंसा पदक’ प्रदान गरेको छ ।

2/22/2020

रुपेन्द्र पटेल, रौतहट, १० फागुन । रौतहटमा आफनै क्लिनिककी महिला सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोपमा एकजना चिकित्सक (अहेब) लाई प्रहरीले पक्राउ गरेको छ ।

2/22/2020

वीरगन्ज, १० फागुन । पर्सागढी वीरगन्ज युथ एकेडेमीलाई हराउँदै आयोजक पर्सागढी युवा स्पोर्टस क्लब पर्साको बढनिहारमा जारी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

2/22/2020

अजय मिश्र, कपिलवस्तु, १० फागुन । निश्चित कुरा हो कि कुनै पनि भाषाको सत्ता त्यसको निरन्तर प्रयोगबाटै मात्र स्थापित हुन्छ । त्यसैले भाषासँग मानिसहरु जोडिएका हुन्छन् ।

2/22/2020

लनखउ, १० फागुन । भारतको उत्तर प्रदेश राज्यस्थित सोनभद्रको सोन पहाडी र हरदी इलाकाको एउटा समाचारले खुसीयाली छाएको छ ।

2/22/2020

काठमाडौं, १० फागुन । ५३ वर्ष पुरानो र भारत सरकारको स्वामित्वमा रहेको कम्पनीद्वारा उत्पादित बामरोल लुब्रिकेन्ट नेपाली बजारमा औपचारिक रूपमा भित्रिएको छ ।

ट्रेन्डिङ