नयाँ दिल्ली, १० फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलोपटक सिङ्गो परिवारसहित भारत भ्रमणमा आउने भएका छन् ।
जनकपुरधाम, १० फागुन । भिडियो खिचेको निहुँमा मेयरको निर्देशनमा कुटपिट र अपहरण प्रयास गरेको भन्दै बारा जिल्ला प्रहरी कार्यालयमा ८ जनाविरुद्ध उजुरी परेको छ ।
लहान, १० फागुन । प्रदेश २ सरकारले उच्च प्राथमिकताकासाथ सञ्चालन ल्याएको ‘छोरी शिक्षा बीमा कार्यक्रम’अन्तर्गत बीमा गराउने छोरीका अभिभावकलाई तीन महिना निःशुल्क इन्टरनेट सेवा वितरण कार्य सिरहामा शुरु गरिएको छ ।
सांघाई, १० फागुन । सांघाई चीनको सबैभन्दा ठूलो सहर र विश्वकै वित्तीय केन्द्र हो । झन्डै साढे दुई करोड जनसंख्या रहेको यो सहरका मुख्य सडक र बजार सुनसान छन् अचेल ।
काठमाडौं, ९ फागुन । प्रजातन्त्र दिवसको अवसरमा कैलाली कारगारबाट ४ जना र कञ्चनपुर कारागारबाट १५ जना गरी १९ जना कैदी जेलमुक्त भएका छन् ।
काठमाडौं, ९ फागुन । जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले आजदेखि एक हप्ताको मौसम पुर्वानुमान शुरु गरेको छ ।
लहान, ९ फागुन । प्रहरीको गस्ती टोलीले अवैध कुखुराको चल्लासहित मिनीट्रक नियन्त्रणमा लिएको छ ।
नयाँ दिल्ली, ९ फागुन । शंकास्पद कार्गो लिएर पाकिस्तानतर्फ जान लागेको चिनियाँ पानी जहाजलाई भारतीय अधिकारीले नियन्त्रणमा लिएका छन् ।
काठमाडौं, ९ फागुन । भारतको राजधानी नयाँदिल्लीस्थित नेसनल स्कुल ड्रामा (एनएसडी) को चर्चित नाट्यघरमा नेपाली कला र संस्कृतिमा आधारित नाटक ‘कुमारी एन्ड द बिस्ट’ मञ्चन गरियो ।
जनकपुरधाम, ९ फागुन । मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामलाई खुला मदिरा मुक्त बनाइने बताएका छन् ।
काठमाडौं, ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहाकार डा. राजन भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी छिट्टै नेपाल भ्रमणमा आउने बताएका छन् ।
काठमाडौं, ८ फागुन । जनकपुर–जयनयगर–कुर्था खण्डमा चलाउन भारतबाट ल्याउने भनिएको रेलको समय गुज्रिदै गएको छ ।
काठमाडौं, ८ फागुन । दुई साताका लागि भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले अमृतसरस्थित शिखहरुको पवित्र तीर्थस्थल ‘स्वर्ण मन्दिर’को दर्शन गरेका छन् ।
काठमाडौं, ८ फागुन । सन् २०१९ मा देशभर ६ हजार ६ सय ४२ मानव अधिकार उल्लघंनका घटना भएकोे पाइएको छ । अनौपचारिक सेवा केन्द्र इन्सेकले बुधबार सार्वजनिक गरेको ‘नेपाल मानवअधिकार बर्ष पुस्तक २०२०’का अनुसार सन् २०१८ मा ५ हजार १ सय १० अधिकार उलंघनका घटना भएका थिए ।
वीरगन्ज, ८ फागुन । सेन्ट जेवियर्स मा.वि. को २०औँ वार्षिकोत्सवको अवसरमा विद्यालयको प्राँगणमा विविध कार्यक्रमहरुको आयोजना गरिएको थियो ।
काठमाडौं, ७ फगुन । नेपालस्थित चिनियाँ दूतावासले मंगलबार जारी गरेको विज्ञप्तिप्रति सम्पादकहरुको ध्यानाकर्षण भएको छ ।
विराटनगर, ७ फागुन । प्रदेश १ सरकार आफूमातहतका सातवटै यातायात कार्यालयबाट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरणको तयारी थालेको छ ।
रौतहट, ७ फागुन । प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका जनतान्त्रिक तराई मुक्ति मोर्चाका सैन्य कमाण्डर अभय सिंह भनिने कामेश्वर पटेल कुर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, ७ फागुन । पृथ्वीराजमार्ग अन्तर्गतको आबुखैरनी–पोखरा सडकखण्ड विस्तारका लागि भारतीय कम्पनीले प्रस्ताव गरेको छ ।
काठमाडौ, ७ फागुन । भारतका एकजना सेवा निवृत्त कूटनीतिक अधिकारीले अनादिकालदेखि भारत–नेपाल सम्बन्ध रगतको नाताले बाँधिएको बताउँदै दुई देशबीचका सबै समस्याको निकास सघन संवादको माध्यमबाट खोजिनुपर्ने आवश्यकता औँल्याएका छन् ।
कैलाली, ७ माघ । टिकापुर नगरपालिका–७ सत्तीस्थित सत्ती कर्णाली सामुदायिक बन नजिकै रहेको खरबारीमा आगलागी हुँदा जलेर एक वृद्धको मृत्यु भएको छ ।
रौतहट, ७ माघ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश भित्रको विकृति विसंगतिलाई अन्त गर्न प्रदेश सरकार तत्पर रहेको बताएका छन् ।
काठमाडौं, ६ फागुन । भारतले ब्रिटेनकी एक महिला सांसदलाई नयाँदिल्ली अन्तर्राष्ट्रिय विमानस्थलमा रोकेको छ । लेबर पार्टीकी सांसद डेबी अब्राहम्सको भिसा रद्द गरिएको भन्दै दिल्ली विमानस्थलमा रोकिएको हो ।