रामेछापको दोरम्बा–२ ढोईगाउँमा जन्मे हुर्केका टीका थापामगर एसएलसी दिएपछि काठमाडौं छिरेका थिए । पढाईमा खासै रुचि नराख्ने थापामगर पछि नेपाल प्रहरीलाई नै चक्मा दिनेगरी ‘लुटपाट’ अपराधको दुनियाँमा रमाउन थालेका थिए ।
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकालाई आज उम्मेदवारी फिर्ताको समय दिएको छ । आयोगले आजै निर्वाचन चिह्नसमेत प्रदान गर्दैछ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाम गठबन्धनलाई फुटाउन ठूलो कसरत भइरहेको दाबी गरेका छन् ।
काठमाडौँ । नेकपा एमालेले सरकारका पछिल्ला कामकारबाहीप्रति आपत्ति जनाउँदै अस्वीकार गर्ने भएको छ । बिहीबार एमाले मुख्यालमा पत्रकार सम्मेलन गर्दै कामचलाउ भैसकेको शेरबहादुर देउवा नेतृत्वको सरकारले राज्यशक्ति, राज्यका श्रोत साधनको व्यापक दुरुपयोग गरेको भन्दै सरकारका कामकारवाही प्रति कडा आपत्ति जनाएको हो ।
काठमाडौँ – नेपाल प्रहरीका पूर्व डिआइजी तथा नेकपा एमालेका सांसद नवराज सिलवालले सरकारको इशारामा प्रहरी प्रशासनले पटक पटक आफ्नो जिउज्यानमाथि धावा बोल्न खोजेको आरोप लगाएका छन्।