विरटनगर । जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव पार्टीको महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन भएका छन् ।
लुम्बिनी । बुद्ध जयन्तीको अवसरमा नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष तथा लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा लुम्बिनीमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ ।
जनकपुरधाम । नागरिकता कीर्ते गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राख्न जिल्ला अदालत धनुषाले अनुमति दिएको छ ।
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका सहित मधेश प्रदेशको १२ वटा पालिकामा महिलाहरूको आर्थिक तथा सामाजिक अवस्थामा सुधार गर्नका लागि “सशक्त महिला समृद्ध नेपाल” अभियान सञ्चालनमा आएको छ ।
कपिलवस्तु । जिल्लाको शिवराज नगरपालिका ५ चन्द्रौटा बालापुर मोडमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
नेपालगन्ज । कोहलपुर नगरपालिका कृषि शाखाले किसानहरूलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउ वितरण गरेको छ ।
सुनसरी । सुनसरीको दुहवी नगरपालिका वडा नम्बर ९ छाताबेलीका ११ घरपरिवार आगलागीपीडितलाई राहत वितरण गरिएको छ ।
काठमाडौं । युरोप भ्रमणमा रहनुभएकी मिथिला चित्रकार रन्जु यादवको अर्को एकल मिथिला चित्रकला प्रदर्शनी फिनल्याण्डमा आइतबार सम्पन्न भएको छ ।
काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मस्तिष्कघात सामान्यतया ५५ वर्ष उमेरभन्दा माथिकालाई हुने भए पनि नेपालमा यो समस्या युवा उमेरमै देखिनु चिन्ताको विषय भएको बताएका छन् ।
सप्तरी । लामो समयदेखि भवनको अभाव खेप्दै आएको छिन्नमस्ता गाउँपालिका–५ लोखरमस्थित दलित रा.प्रा.विद्यालयमा भवन बन्ने भएको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम पेन्टर श्रमिक संघको राष्ट्रिय सम्मेलन आयोजक समिति गठन भएको छ ।
काठमाडौं । बहुलराष्ट्रिय राज्य स्थापनार्थ पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले सञ्चालन गरेको राष्ट्रिय मुक्ति क्रान्तिले एकमहिने राष्ट्रव्यापी कार्यक्रम सार्वजनिक गरेको छ ।
सुनसरी । सुनसरीको गढी गाउँपालिका वडा नम्बर २ झोराटोल औराबनीस्थित विपन्न परिवारका २० घरपरिवारलाई नयाँ घर निर्माण गरी हस्तान्तरण गरिएको छ ।
न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा नेपाल डे परेड गरिने भएको छ । गैर आवासीय नेपाली संघ, अमेरिका न्यूयोर्क च्याप्टरको मूल आयोजना तथा स्थानीय नेपाली संघसंस्थाहरुको सहभागितामा यहि आईतबार न्यूयोर्कको म्यानहाटन शहरमा परेड गर्न लागिएको हो ।
काठमाडौं । बहुलराष्ट्रिय राज्य स्थापनार्थ पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले सञ्चालन गरेको राष्ट्रिय मुक्ति क्रान्तिले दोस्रो चरणको आन्दोलनका कार्यक्रमहरु घोषणा गर्न लागेको छ ।
जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम सञ्चारकर्मीहरुका लागि असुरक्षित बन्दै गएको छ । धनुषा जिल्लामा एक महिना नबित्दै फेरि एक पत्रकारको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालबाट अलग भएर फरक पार्टीमा लागेका सबै तह तप्काका नेता कार्यकर्ताहरुलाई मूलधारमा फर्किन अध्यक्ष उपेन्द्र यादवले आह्वान गरेका छन् ।
काठमाडौं । पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतो नेतृत्वको राष्टिय मुक्ति क्रान्तिको बेठक दोस्रो दिन पनि जारी रहेको छ ।
सुनसरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बैङ्क तथा वित्तीय संस्थाहरूको ऋण लिएर तिर्दैन भन्न नमिल्ने बताएकी छन् ।