इटहरी अस्पतालमा २४घण्टे आकस्मिक सेवा सुरु

स्वास्थ्य शैली

7/31/2019

इटहरी, १५ साउन । इटहरी अस्पतालमा २४ घण्टे आकस्मिक (इमरजेन्सी) सेवा सुरु भएको छ ।

सामाजिक विकासमन्त्री जिवन घिमिरेले आकस्मिक सेवाको उदघाटन गरेका छन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री घिमिरेले इटहरी, इटहरी आसपास र पहाडी जिल्लाका वासिन्दालाई पनि सेवा लिन इटहरी अस्पताल उपयुक्त हुने बताए ।

उनले इटहरी अस्पतालको स्त्तरोन्नतिका लागि प्रदेश सरकारको चासो र सरोकार रहने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद लिलम वस्नेत, संविधानसभाकी सांसद अनिता परियार, इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतम, नेपाली काँग्रेस इटहरी सभापति हेमकर्ण पौडेल, वडाध्यक्ष भुपेन्द्र वराल लगायतले शुभकामना व्यक्त गरेका छन् ।

कार्यक्रमको अध्यक्ष रहेका इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले इटहरीको विकास र सम्वृद्धिले केहि समयमै नयाँ उचाई लिने दावी गरे ।

कार्यक्रममा इटहरी अस्पतालकी प्रमुख डा. रोमी यादवले इटहरी अस्पतालबाट गत वर्ष ३७ हजार २९ जनाले सेवा लिएको जानकारी दिइन् ।

२०२४ सालमा स्वास्थ्य चौकीका रुपमा स्थापना भई ५३ सालदेखि प्राथमिक स्वास्थ्य केन्द्र र २०७५ साल साउन १ गतेदेखि इटहरी अस्पतालमा रुपान्तरण भएको हो ।

१५ सैय्याको अस्पताललाई सुविधा सम्पन्न ट्रमा सेन्टर सहित ५० सैयाको अस्पताल वनाउने इटहरी उपमहानगरले लक्ष्य राखेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ