निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

स्वास्थ्य शैली

8/2/2019

रौतहट, १७ साउन । महेन्द्र नारायण निधि मेमोरियल अस्पताल बसुन्धरा काठमाडौंको आयोजनामा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर रौतहटको राजदेवी नगरपालिका वडा नम्बर ५ हजमिनियाँ पताहीस्थित आधारभूत विद्यालयमा बिहीबार सम्पन्न भएको छ ।

बाढी प्रभावित क्षेत्रमा हुनसक्ने स्वास्थ्य समस्या, संक्रमणको तत्काल रोकथाम गर्ने उद्देश्यले स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

नगर प्रमुख धीरेन्द्र कुमार सिंहको विशेष पहलमा भएको स्वास्थ्य शिविरमा १ हजार १ सय ४० जना महिला पुरुष, बृद्धबृद्धा बालबालिका, किशोर किशोरीहरुको स्वास्थ्य परीक्षण गरिएको आयोजक सस्थाका डाक्टर रिता महासेठले बताइन् ।

गाइनोक्लोजिस्ट डाक्टर रोजी शर्माले शिविरमा महिलाहरुको पाठेघर खसेको समस्या बढी देखिएको बताएकी छन् ।

उनले आंग खस्ने समस्या बढी पाइएकोले सुविधा सम्पन्न वृहद् शल्यक्रिया सहितको स्वास्थ्य शिविर सञ्चालन गर्नु पर्ने आवश्यकता रहेको जानकारी गराइन् । बाढीपछि छाला रोगको संक्रमण देखिएको डाक्टर कृष्ण बहादुर राउतले बताए ।

कमजोरीको शिकार भएको महिला पुरुष भेटिएका छन् । बालबालिकामा कान पाकेको समस्या देखा परेको चिकित्सकहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ