प्राथमिक उपचार कक्षको उद्घाटन

स्वास्थ्य शैली

12/2/2019

पर्सा, १६ मंसिर । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्साको परिसरभित्र प्रभु हस्पिटल र माट्रिका आई फाउण्डेशनको सहयोगमा संचालित प्राथमिक उपचार कक्षको सोमबार बिहान उद्घाटन भएको छ ।

उद्घाडटन कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपलिकाका प्रमुखर बिजय सरावगी, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर र प्रभु हस्पिटलका संचालक डा.मनोज गुप्ताले संयुक्त रुपमा उद्घाहटन गरे ।

उक्त कार्यक्रममा माट्रिका आई फाउण्डेशनका मेडिकल संयोजक महेश सिहं धामी, प्रदेश नम्बर २ का उपाध्यक्ष केसी लामिछाने, पत्रकार, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ