मध्य क्षेत्रमा लोकप्रिय बन्दै न्यूरो हस्पिटल वीरगंज

स्वास्थ्य शैली

1/20/2020

वीरगंज, ६ माघ । एल.एस.न्यूरो एण्ड जेनरल हस्पिटल प्रा.लि. वीरगंजद्वारा एक महिनाभित्र ब्रेन टीयूमर, ब्रेन हेमरेज, डीपरेस फैक्चर, क्रोनिक सबडीयूरल हेमाटोमा, टाउकोमा पानी जमेको १२ वटा बिरामीको सफल उपचार गरेको छ ।

अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. श्यामबाबू प्रसादका अनुसार ब्रेन हेमरेज हुनेहरुमा रौतहट जिल्ला निवासी ५८ वर्षीय फुलेस्वरी देवी, बारा निजगड़ निवासी जगबहादुर दर लामी, रौतहट चन्द्रनिगाहपुर निवासी प्रताप लामा, बारा जिल्ला सिमरा निवासी ४५ वर्षीय समर बहादुर सुनवार, डिप्रेशन फैक्चर हुनेहरुमा रौतहट जिल्ला निवासी ३ बर्षीय बालक भोला गुप्ता, सर्लाही जिल्ला निवासी २८ बर्षीय राकेश मिश्रा, पर्सा जिल्ला बरवा निवासी १२ बर्षीय रोहित पटेल, भारत बिहार नरकटियागंज निवासी ३५ वर्षीय सोनु पाण्डे, ब्रेन टीयूमर हुनेमा पर्सा जिल्ला बंनजरिया निवासी ४२ वर्षीय भोला यादव, टाउकोमा पानी जमेको (हाइड्रोसेफाल्सं) भएको रौतहट बालचंनपुर निवासी ५० वर्षीय विष्णु चौधरी, मेडिवल फैक्चर पर्सा गुलरिया निवासी २८ वर्षीय कुन्दन पटेल र क्रोनिक सबडीयूरल हेमाटोमा भएको बारा जिल्ला पिपडि़या निवासी ८० वर्षीय नधुनि साहको सफल उपचार हुदैछ ।

अन्य बिरामीको उपचार पछि घर गइसकेको बताइएको छ । एल.एस.न्यूरो एण्ड जेनरल हस्पिटल प्रा.लि. बिरगंजले पहिला पनि सफल उपचार गर्दै आएको छ ।

हाल मध्य क्षेत्रमा लोकप्रिय बन्दै गएको छ न्यूरो होस्पिटल बिरगंज । न्यूरोका लागि एस्पेसलिस्ट होस्पिटल हो ।

दक्षिण एशियाकै चर्चित न्यूरो सर्जन स्वर्गीय डा.उपेन्द्र देवकोटाको विश्वास पात्र हुन डा. श्यामबाबू प्रसाद । उनी एल.एस.न्यूरो एण्ड जेनरल हस्पिटल प्रा.लि.बिरगंज संचालक समेत रहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ