प्रदेश नं. २ मा स्वास्थ्य नीति मस्यौदा तयार

स्वास्थ्य शैली

2/11/2020

जनकपुरधाम, २९ माघ । प्रदेशको स्वास्थ्य नीति बनाउन सरकारले गठन गरेको कार्यदलले आफनो मस्यौदा सरकारलाई हस्तान्तरण गरेको छ ।

समाजिक विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा कार्यदलका संयोजक डा. राम केवल साहले समाजिक विकास मन्त्री नवल किशोर साहलाई र मन्त्री साहले मुख्यमन्त्री लालबाबु राउत उक्त मस्यौदा हस्तान्तरण गरेका छन् ।

कार्यदलले तैयार पारेको मस्यौदामा प्रदेश न. २को स्वास्थ्य क्षेत्रमा देखिएको समस्या, सुधारका लागि गर्नु पर्ने उपाय तथा स्वास्थ्य क्षेत्रको पुर्नसंरचना लगायतको विषयहरु समेटिएको छ ।

उक्त समारोहमा मुख्यमन्त्री लालबाबु राउतले कार्यदलले तैयार पारेको मस्यौदाले प्रदेशको स्वास्थ्य अवस्थामा सुधार ल्याउन प्रदेश सरकारलाई मार्ग दर्शक हुने विश्वास व्यक्त गर्नु भयो ।

सरकारी नीतिकै कारण स्वास्थ्य क्षेत्र सोच अनुरुपको सफलता पाउन नसकेको उल्लेख गर्नु हुँदै उहाँले स्वास्थ्य क्षेत्रलाई विश्वासिलो बनाउन पुनःसंरचना आवश्यक रहेको उल्लेख गर्नु भयो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ