कपिलवस्तु, २७ जेठ । मायादेवी गाउँपालिका वडा नं. १ पकडीमा निशुल्क आयुर्वेद सेवा कार्यक्रममा ४ सय ५ जनाले सेवा लिएका छन् ।
नसर्ने रोग रोकथाम तथा न्यूनीकरण सम्बन्धि निशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा विषेश गरि मुटु रोग, मृगौला रोग, बाथ रोग र मधुमेहका लागि सो शिविर आयोजना गरिएको आयुर्वेद औषधालय पकडीकी प्रमुख रेखा शुक्लाले जानकारी दिएकी छन् ।
आयुर्वेदको स्वास्थ्य चेक जाँज पछि नियामित योगा गर्ने, खानपानमा सुधारका साथै विभिन्न किसिमको विरामीहरुलाई सुझाव दिएको छ ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकु काठमाण्डौको आयोजनामा भएको कार्यक्रमको उदघाटन प्रदेश सभा सदस्य सहसराम यादवले गरेका छन् ।
तपाईको प्रतिक्रिया