राजविराज, २५ चैत । स्वास्थ्यमा गरिने बजेट लगानी खर्च होइन भनी यसले स्वास्थ नीति र स्वास्थ योजनालाई मूल प्रवाहीकरण गरेर सहश्राब्दि दिगो लक्ष्य हासिल गर्ने गतिलाई बढाउनका लागि भएको सहभागीहरूले बताएका छन् ।
सोमबार तिलाठीकोइलाडी गाँउपालिका स्वास्थ्य शाखाले तीनदिने तथ्यमा आधारित मातृ, नवजात शिशु, बाल स्वास्थ्य तथा रणनीति सम्बन्धी कार्यालय गोष्ठीमा सो कुरा बताइएको हो ।
तिलाठी कोइलाडी गाँउपालिकाको आयोजनामा तथा युनिसेफ, नेपाल पब्लिक हेल्थ रिसर्च डेभल्पमेन्ट सेन्टरको आयोजना सो गोष्ठी आयोजना गरिएको हो ।
सो कार्यक्रममा बोल्दै गाँउपालिका उपाध्यक्ष सुचिता यादवले गाँउपालिकाको स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखी कार्य गरिरहेको बताउँदै मानव जीवनमा स्वस्थ रहनु अति आवश्यक रहेको बताइन् ।
स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि रणनीति सम्बन्धी कार्यशाला गोष्ठीले ठूलो सहयोग पुग्ने उद्देश्यले आयोजना गरिएको उपाध्यक्ष यादवले बताइन् ।
सो अवसरमा गाँउपालिका उपाध्यक्ष सुचिता कुमारी यादवले महिला, बालबालिका, दलित, पिछडिएका वर्गको स्वास्थ्यमा सुधार ल्याउनका लागि पहल गरिरहेको बताइन् ।
उक्त गोष्ठीमा तिलाठीकोईलाडी गाँउपालीका स्वास्थ संयोजक शैलेश मिश्र, राजेश यादब, स्वास्थ प्रमुख दिपेन्द्र झा, युनिसेफ का दिपेन्द्र चौधरी, नेपाल पब्लिक हेल्थ एण्ड रिसर्च सेन्टरका निरज गरि लगायतले सहजिकरण गरेका थिए ।
कार्यक्रममा तिलाठीकोईलाडी गाँउपालीका वडा नम्वर १ अध्यक्ष दिनेश मिश्र, २ का खगेन्द्र मण्डल, ३ का मनोज चौधरी, ४ का गोपी मण्डल, ५ का राजेन्द्र साह, ६ का गोबिन्द यादब, ७ का गुलाब सिँह, तथा वडा ८ का अध्यक्ष लक्ष्मी मण्डल, तथा बिपद जोखिम न्युनिकरण शाखाका राजेशकुमार झा, लगायतका पालिकाका स्वास्थ चौकीका प्रतिनिधि, स्वास्थ स्वयमसेविकाहरूको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया