प्रसूति गृह भवन शिलान्यास

स्वास्थ्य शैली

11/4/2018

राकेश यादव, रौतहट, १७ कार्तिक । रौतहट जिल्लाको ईशनाथ नगरपालिका वड़ा नंबर २ औरैयामा १८ लाखको लगतमा निर्माण हुने प्रसूति गृहको एक कार्यक्रमबीच शिलान्यास सम्पन्न भएको छ ।

६ कोठे प्रसूति गृहको भवनको शिलान्यास नगर प्रमुख संतोष मेहताले गरेका छन् । भवन निर्माणका लागि स्थानीय वडा नंबर ३ निवासी समाजसेवी जमुना ठाकुरको विशेष पहलमा सोही ठाउँ निवासी रामचन्द्र प्रसाद गुप्ताले आफ्नो नाम दर्ताको जग्गा २ कठा निशुल्क उपलब्ध गराएका छन् ।

२ कट्ठा जग्गा दिएका गुप्ताले अझ थप २ कट्ठा जग्गा दिने घोषणा गरे पछि भवन निर्माणको कार्य शुभारम्भ भएको हो । ६ महीना भित्रमा निर्माण कार्य सम्पन्न गर्ने सम्झौता निर्माण व्यवसायीसँग भएको छ ।

शिलान्यास कार्यक्रममा सम्वोधन गर्दै मेयर मेहताले प्रसूति गृह निर्माण भएपछि स्थानीय महिलाहरुलाई सदरमुकाम जानुपर्ने अवस्था नहुने बताएका छन् ।

दक्ष अनुभवी महिला चिकित्सकको व्यवस्था गरेर सेवा प्रवाह गर्ने विश्वास व्यक्त गर्दै मेयर मेहताले समय अवधिभित्र भवन निर्माण गरी हस्तान्तरण गरेपछि ठेकेदारलाइ पुरस्कृत गर्ने समेत घोषणा गरेका छन् ।

मेयर मेहताले समयमा निर्माण नगरेमा कÞानूनी कार्यवाही समेत गर्ने चेतावनी दिएका छन् । सदरमुकाम गौरदेखि पछिम करिव १० किलोमीटरको दुरीमा रहेको उक्त गाउबाट गर्भवती महिलालाई उपचार गराउन आउन समस्या रहेको छ ।

औरैया र गौरको विचमा लालबकैया नदी रहेको हुदा वर्षातको बेलामा आवत जावत गर्न सर्वसाधारणलाइ कठिनाई हुने गरेको छ । समयमा स्वास्थ्य सेवा पाउनु पर्ने नागरिकको अधिकार भएकोले सुलभ सेवा दिने उदेश्यले प्रसूति गृहको निर्माण गर्न लागिएको मेयर मेहताको भनाइ रहेको छ ।

स्वास्थ्य सँगै शिक्षाको सुधार गर्ने लक्ष्य रहेको बताउँदै मेयर मेहताले नगर भित्रमा रहेका सम्पूर्ण विद्यालयमा अध्यन गर्ने बालिकाहरुलाई विद्यालय आऊंन जानको लागि साइकलको व्यवस्था गर्ने बचन दिएका छन । माध्यमिक तहमा अध्यन गर्ने बालिकालाइ प्राविधिक शिक्षाको व्यस्था गर्ने सोच रहेको मेयर मेहताले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ