काठमाडौं, १८ असोज । पतञ्जली योगपीठ नेपालले नेपालमा आयूर्वेद तथा योगसम्बन्धी विश्वविद्यालय खोल्ने घोषणा गरेको छ ।
पतञ्जली योगपीठ नेपालका अध्यक्ष एवम् प्रबन्ध निर्देशक आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले नेपालमा आयूर्वेद तथा योगसम्बन्धि विश्वविद्यालय स्थापना गर्न लागिएको जानकारी दिए ।
मण्डिखाटारस्थित केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी उनले नेपालमा आयुर्वेद तथा योगसम्बन्धी अध्ययन, अनुसन्धानका लागि विश्वविद्यालय स्थापना गर्नका लागि सम्बन्धित मन्त्रालयसँग छलफल भइसकेको पनि स्पष्ट पारे ।
त्यसैगरी कम्पनीले खेलप्रति इच्छुक बालबालिकका लागि स्र्पोटस् विद्यालय स्थापना गर्ने घोषणा पनि गरेको छ ।
प्रतिभाशाली बालबालिकाहरूलाई अघि बढाउन नेपालमा स्र्पोटस् विद्यालय स्थापना गर्ने सोच पनि बनाइएको अध्यक्ष बालकृष्णले बताए । योगगुरू रामेदवको स्वामित्व रहेको पतंजली योगपिठको नेपालस्थित कम्पनी आचार्य बालकृष्णको नेतृत्वमा संचालित छ ।
तपाईको प्रतिक्रिया