सडकपेटीमा लाइसेन्स नभएका झोलेपोकेले आयुर्वेदलाई बदनाम गराए : मन्त्री बराल

स्वास्थ्य शैली

11/5/2018

चन्द्रकात खनाल, रुपन्देही, १९ कार्तिक । सामाजिक विकासमन्त्री सुदर्शन बरालले आयुर्वेदलाई अनुसन्धान र वैज्ञानिकताको प्रमाणिकरण गर्दै अघि लैजानुपर्ने बताएका छन् । उनले प्रदेश नं ५ मा आयुर्वेदलाई उच्च महत्व दिएर बजेटसँगै कार्यक्रम अघि बढाएको बताएका छन् ।

आयुर्वेदका प्रवर्तक धन्वन्तरीको जन्म दिवसको अवसरमा लुम्बिनी अञ्चल आयुर्वेद औषधालय देविनगरले गरेको कार्यक्रममा वोल्दै सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्रदेश नं ५ मा जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्ने उनले प्रतिवद्धता जनाए ।

प्रदेश ५ बाट लाखौंको जडिबुटी कौडीको मूल्यमा भारतर्फ गएको बताउँदै यो अब आफ्नै प्रदेशमा सदुपयोग गर्ने वातावरण श्रृजना गरेको बताएका छन् ।

उनले आयुर्वेद क्षेत्रमा काम गर्ने सबै स्वास्थ्यकर्मीहरुले गर्वका साथ काम गर्ने वातावरण श्रृजना गर्ने तरिकाले कामगर्ने निर्दशन समेत गरे ।मन्त्री वरालले सडकका पेटीमा लाईसेन्स नभएका झोलेपोकेले आयुर्वेदलाई बदनाम गराएकोले सबैको सहयोगबाट त्यसलाई हटाउनु पर्ने बताए ।

कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्रालयका सचिव कृष्ण ज्ञवाली, मन्त्रालयका स्वस्थ्य महाशाखाका प्रमुख डाक्टर उमाशंकर चौधरीले मन्त्रालयले अगाडी सारेका विभिन्न कार्यक्रमका बारेमा चर्चा गरेका थिए ।

अस्पतालका प्रमुख कविराज गणेश सापकोटाले पूर्वाधार र जनशक्ति अभावमा सेवा दिन कठिनाई भएको बताए । ३ जनाको भरमा अस्पताल चलेको बताए ।

बुटवल उमपहानगरपालिकाका उपमेयर गुमादेवी आचार्य, बुटवल उपहानगरपालिका वडा नं. ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री, औषधी ब्यवसायी संघ लुम्बिनीका अध्यक्ष शिब ज्ञवाली, औषधालयका बैद्य विष्णु आचार्यलगायतले आयुर्वेद क्षेत्रका बारेमा चर्चा गरेका थिए ।

अस्पतालमा विहान योग पञ्चकर्म सेवा, स्वास्थ्य जीवन कार्यक्रम, ओपिडी सेवा, जेष्ठ नागरिक सेवा, स्तनपायी आमा सेवा, निशुल्क औषध वितरण समेत गर्दै आएको छ ।

तर अस्पतालमा जनशक्तिको कमी रहेको छ । यस्तै रुपन्देहीको मानपकडिमा समेत यो दिबसमा विभिन्न कार्यक्रम गरिएको आयुर्वेदका प्रमुख प्राशु ढकालले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ