स्वास्थ्य सेवामा सहज पहुँचका लागि सबै क्षेत्रको सहयोग आवश्यक : मुख्यमन्त्री राउत

स्वास्थ्य शैली

10/29/2018

जनकपुरधाम, १२ कार्तिक । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले गरिबीको रेखामुनी रहेको यस प्रदेशका जनताहरुको स्वास्थ्य सेवामा सहज पहुँचका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताएका छन् ।

नेपालमा क्रेनोफेसियल सेवामा सुरक्षित र गुणस्तीय पहुँच सम्बन्धि जनकपुरमा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

मानवीय सुचांकमा पछाडी परेका यस प्रदेशका जनताहरुलाई क्रेनोफेसियल सेवामा पहुँचका लागि प्रदेश सरकार सदैव तत्पर रहने उल्लेख गर्दै मुख्यमन्त्री राउतले सम्मेलनले तयार पार्ने नीतिमा आफूहरुको पूर्ण सहयोग रहने उल्लेख गरे ।

क्रेनोफेसियल सेन्टर नेपालका निर्देशक डा. सुनिल साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समाजिक विकास मन्त्री नवल किशोर साह, नेपाली काँग्रेस प्रदेश संसदीय दलका नेता राम सरोज यादव, डा. राम केवल साह सहितले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा नेपालका अतिरिक्त बांङ्गलादेश, अस्ष्टे«लिया, बेलायत सहितका सर्जनहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ