अग्निपीडितलाई आर्थिक सहयोग

समाचार

12/1/2018

मोरङ, १५ मंसिर । यहाँस्थित उर्लाबारी उद्योग वाणिज्य संघले दुई साताअघि भएको आगलागीबाट पीडित तीन व्यवसायीलाई आर्थिक सहयोग गरेको छ ।

सङ्घले राहत सङ्कलन समितिको निर्माण गरी सङ्कलित रकम आगलागी पीडित उर्लाबारी –७ का भक्तिराम अधिकारी, अञ्जना कार्की र गणेश बोहरालाई हस्तान्तरण गरेको हो ।

अधिकारीलाई रु तीन लाख २० हजार, अनु–अनुसा किराना पसलका सञ्चालिका अञ्जना कार्कीलाई रु एक लाख ३० हजार र भोजपुरे भाँडा पसलका सञ्चालक गणेश बोहरालाई रु ४० हजार सहयोग गरिएको सङ्घका अध्यक्ष प्रीतम खड्गीले जानकारी दिए ।

सङ्घले अध्यक्ष खड्गीको संयोजकत्वमा राहत सङ्कलन समिति गठन गरी नगरका होटल र सुनचाँदी व्यवसायी, मैथिली समाजलगायत स्थानीय व्यवसायीसँग रकम सङ्कलन गरेर अग्निपीडितलाई हस्तान्तरण गरेको हो । यही मङ्सिर ४ गते अधिकारीका घरबाट विद्युत् चुहावट भई आगलागी भएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ