कपिलवस्तु, ३ चैत । कपिलवस्तुको शिवराज नगरपालिका १ वनकसवासामा आगलागीबाट विच्चलीमा परेका अग्निपीडितहरुलाई नेपाली कांग्रेस कपिलवस्तुले राहत वितरण गरेको छ ।
कांग्रेसका जिल्ला सभापति एवंम पूर्व सिचाई राज्यमन्त्री सुरेन्द्रराज आचार्यसहितको टोली पुगेर राहत वितरण गरेको हो ।
आगलागी भएपछि वस्ने खाने नभएका अग्निपीडितहरुलाई केही राहत स्वरुप ४ जनालाई १० पाता का दरले ४० थान करिव ५० हजार वरावरको जस्तापाता वितरण गरेको वताएको छ ।
यसअघि आगलागीबाट घरगोठ जलेको खवर संचारमाध्यमवाट सुने लगतै तरुण दलले पनि राहत संकलनको काम अगाडी बढाई राहत वितरण गरेको थियो ।
तपाईको प्रतिक्रिया