प्रदेश सांसद यादवद्वारा अग्नि पीडितलाई सहयोग

समाचार

10/20/2019

राकेश यादव, रौतहट, २ कार्तिक । रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नम्बर ६ पथरा बुधराममा भएको आगलागीबाट पीडित भएका परिवारलाइ निर्वाचन क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्य रामकिशोर यादवले निजी स्रोतबाट सहयोग उपलब्ध गराएका छन् ।

सोमबार राति १० बजे अचानक आगलागी हँुदा स्थानीय सिकेन्द्र महतो, उमेश महतो, गणेश महतो र विगु महतोको घर क्षतिग्रस्त भएको थियो ।
अग्नि पीडितहरुलाई समाजवादी पार्टीका प्रदेश सांसद यादवले आफ्नो व्यक्तिगत तर्फबाट सहयोग दिइएको स्थानीय समाजवादी पार्टीका युवा नेता लखिन्द्र यादवले जनाएका छन् ।

सांसद यादवले थप सहयोग उपलब्ध गराउने आश्वासन समेत दिएको उनले बताएका छन् । राहतपछि पीडित परिवारमा खÞुशी छाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ