अटोमेटिक पेस्तोलसहित युवक पक्राउ

समाचार

5/31/2019

धनुषा, १७ जेठ । बटेश्वर गाउँपालिका १ त्रिपुरा बस्ने २८ वर्षीय मनोज महतोलाई अटोमेटिक पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ ।

महतोलाई मेड इन इन्डिया लेखिएको अटोमेटिक पेस्तोल १ थान सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।

सोही स्थानमा रामसोगारथ महतोको नाममा संचालनमा रहेको रितिका बालुवा डिपो सेन्टरमा १५ प्रतिशत लगानी गरी बडहरी खोलामा अबैध रुपमा माप दण्ड विपरित खोला उत्खनन् गरेको भनि स्थानियले बिरोध गर्दा हतियार देखाई तर्साउने गर्दै आएको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ढल्केवर धनुषाबाट खटिएको प्रहरी टोलीले महतोलाई उक्त पेस्तोल सहित पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ