अटोरिक्सामा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

समाचार

12/22/2019

रुपन्देही, ६ पुस । बुटवल उपमहानगरपालिका–१० स्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई अटोरिक्सामा ठोक्किँदा एकको मृत्यु भएको छ ।

लु.३८ प ४९५५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ना.२ ह २४५१ नम्बरको अटोरिक्शामा ठोक्किएर शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक गुल्मी धुर्कोट गाउँपालिका–४ घर भई हाल रुपन्देही तिलोत्तमा नगरपालिका–२ बस्ने ३५ वर्षीय किसान परियारको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका किसानको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार देवदह नगरपालिका–१० बस्ने ३७ वर्षीय राजु परियारको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुवै सवारी साधन र अटोरिक्साका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ