अटो एक्स्पोमा चिनियाँलाई प्रतिबन्ध

समाचार

2/10/2020

काठमाडौं, २७ माघ । भारतमा हुने अटो एक्स्पो २०२० मा चिनियाँ नागरिकको सहभागिता नहुने भएको छ ।

भारतको ग्रेटर नोएडामा अटो एक्स्पो २०२० सुरु भएको छ । अटो एक्स्पोको आयोजक सोसाइटी अफ इन्डियन अटोमाबाइल म्यानुफ्याक्चर्स (सियाम)ले चिनियाँ नागरिक सहभागी नहुने जानकारी दिएको हो ।

भारतले चीनका नागरिक तथा चीन हुँदै आउने विदेशीको ई–भीजा खारेज गरिसकेको छ । सियामका अध्यक्ष राजन बढेराले जारी गरेको विज्ञप्तिमा अटो एक्स्पो २०२० मा चिनियाँ कम्पनीको सहभागिता नरहने जनाइएको छ ।

कोरोना भाइरस फैलिनबाट रोक्न आयोजकले विशेष सावधानी अपनाएको छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ