नेपालगन्जमा अत्याधुनिक डेरी स्थापना

समाचार

2/16/2020

नेपालगन्ज, ५ फागुन । पश्चिम नेपालमैं सबैभन्दा ठुलो लगानीमा नेपालगन्जमा अत्याधुनिक दूध उद्योग स्थापना भएको छ ।

नेपालगन्जका उद्यमीहरुले सामुहिक ९ करोड लगानीमा स्थापना गरिएको ‘एसके डेरी इण्डस्ट्रिज प्रालि’को प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरेका छन् । मुख्यमन्त्री पोखरेलले लगानीको सुरक्षामा प्रदेश सरकारको प्रतिबद्धता जनाए ।


बाँकेका सफल उद्यमी व्यवसायीहरुको समूहले भक्तपुरमा मोर्डन डेरी उद्योग चलाइसकेका सरोज प्रसाद पाण्डे नेतृत्वमा नेपालगन्ज–२२ मा एसके डेरी स्थापना गरेका हुन् ।

पाण्डेको अध्यक्ष रहेको एसके डेरीमा गुरुङसँगै टिपी न्यौपाने, सन्तोष पोखरेल र भगवती सहकारी मैनापोखरले साझेदारी गरेका छन् । अध्यक्ष पाण्डेले सरकारले आर्थिक भन्दा नीतिगत सहयोग गरिदिएमात्र पुग्ने बताए ।

‘साढे पाँच कठ्ठा जग्गामा स्थापना भएको यो डेरी उद्योगबाट दैनिक १५ हजार लिटर दूध प्रशोधन गरेर बिक्री वितरण गरिने योजना छ। ‘यो प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशकै पहिलो ठूलो डेरी र संगठित दूध उद्योग हो,’ निर्देशक गुरुङका अनुसार, यो क्षेत्रमा स–साना डेरी मात्रै संचालनमा छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ