पाँच संवैधानिक आयोगका अध्यक्ष नियुक्त

समाचार

3/21/2019

काठमाडौं, ७ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच संवैधानिक आयोगमा अध्यक्ष नियुक्त गरेकी छन् ।

राष्ट्रपतिले संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा डा. शान्तराज सुवेदी, मधेशी आयोगको अध्यक्षमा विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्ष पदमा समिम मियाँ अन्सारीलाई नियुक्त गरेकी हुन् ।

राष्ट्रपतिको उपस्थितिमा शीतलनिवासमा आयोजित विशेष समारोहमा आयोगका नवनियुक्त अध्यक्षहरूलाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पद तथा गोपनियताको शपथ गराएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ