रौतहट, २६ मंसिर । रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ४ मा रहेको स्वास्थ्य संस्थाको मंगलबार स्थलगत अनुगमन गरिएको छ ।
राजदेवी नगरपालिकाका शिक्षा, स्वास्थ्यको क्षेत्रमा देखा परेका समस्याको समाधान तथा स्तरीय सेवा प्रवाह गराउने उद्देश्य राखेर स्वास्थ्य सस्थाको अनुगमन गर्न शुरू गरिएको हो ।
निमित प्रमुख प्रशासकीय अधिकृतको रुपमा दिलीप सिंह धामी नगरपालिकामा आएपछि सिस्टेमेटिक ढंगबाट कामको प्रक्रिया अगाडि बढाएका हुन् । अधिकृत धामीले अनुगमनको क्रममा ४ जना कर्मचारी अनुपस्थित फेला परेको बताएका छन् ।
कार्यालयमा हाजिर नभएका कर्मचारी सित स्पस्टीकरण सोधिएको धामीले जनाएका छन् । अनुगमनको क्रममा भौतिक पूर्वाधारको सम्वन्धमा छलफल गरिएको समेत धामीले बताएका छन् ।
तपाईको प्रतिक्रिया