अनटेष्ट मोटरसाइकल दुर्घटना हुँदा किशोरको मृत्यु

समाचार

2/20/2019

धनुषा, ७ फागुन । शहीदनगर नगरपालिका–३ नाथपट्टीस्थित सडकमा अनटेष्ट लेखिएको मोटरसाइकल अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

भारतको मधुबनी जयनगर बस्ने १५ वर्षीय रन्जन मण्डल गम्भीर घाइते भएकाले उपचारको लागि जनकपुर अंचल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १५ वर्षीय कृष्णकुमार मण्डलको सोही अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ