अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन हुँदै

समाचार

1/17/2019

काठमाडौं, ३ माघ । नेपाल र भारतका युवा उद्यमीको सहभागितामा यही माघ ५ गते काठमाडौँको होटल याक एण्ड यतिमा ‘दोस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन’ हुने भएको छ ।

भारतीय राजदूतावास र क्लक बि विजनेश इन्नोभेसनको आयोजनामा हुने सम्मेलनमा नेपाल र भारतका एक हजारभन्दा बढी युवा उद्यमी तथा विद्यार्थीको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

भारतीय राजदूतावासका द्धितिय वाणिज्य सचिव कपिलध्वज प्रतापसिंहले सम्मेलनमा युवा उद्यमी, लगानीकर्ताबीच अनुभव आदानप्रदान हुने र उद्यमशीलताका विषयमा छलफल हुने भएकाले आपसी सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । सम्मेलनमा नेपाल र भारतका उद्यमी, लगानीकर्ता, व्यापारी, वकिल, लेखापरीक्षक, सरकारी प्रतिनिधि, विश्वविद्यालयका प्रतिनिधि र उद्यमशीलता सम्बन्धीका जानकार सहभागी हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ