अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा “जानकी नारी सम्मान” प्रदान गरिने

समाचार

2/23/2020

काठमाडौं, १२ फागुन । अन्तराष्ट्रिय नारी दिवस, ८ मार्चको विशेष अवसरमा नेपालको सात वटै प्रदेशबाट ७ जना (प्रत्येक प्रदेशबाट १/१ जना) साहसी नारीलाई “जानकी नारी सम्मान” प्रदान गरिने भएको छ ।

जानकी जसले आफ्नो कठिन र जटिल परिस्थितीमा पनि आफ्नो साहस र संघर्षले सफल भइन् । उनको संघर्ष, साहस र सफलतालाई सलाम गर्दै जानकी नारी सम्मान प्रदान गरिने अभियन्ता सम्मेलन २०२०, प्रदेश २ ले जनाएको छ ।

यस जानकी नारी सम्मानका लागि नेपालका सात वटै प्रदेशबाट सबै वर्ग, जाति, समुदाय, धर्मका नारी (बालिका वा महिला) ले आफ्नो वा अन्य कुनै पनि व्यक्ति महिला वा पुरुषले योग्य नारीलाई नोमिनिट गर्न सक्नेछन् ।

उक्त नोमिनेशन फारम २१ फागुन २०७६ सम्ममा भरिसक्नु पर्ने हुन्छ । त्यस पाश्चात आएका नोमिनेशन फारम समावेश गरिने छैन ।

प्रत्येक प्रदेशबाट १/१ जना साहसी नारी, पारदर्शी नोमिनेशन प्रक्रियाबाट प्राप्त आवेदनको आधारलाई ज्यूरीबाट समिक्षा गरी भोरले उक्त जानकी नारी सम्मान प्रत्येक वर्ष मार्च ८, अन्तराष्ट्रिय नारी दिवसको दिन प्रदान गर्नेछ भोरका अध्यक्ष राजकुमार महतोले मधेशवाणीलाई जनाएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ