अन्तर्राष्ट्रिय संस्कृत सङ्गोष्ठी सम्पन्न

समाचार

3/24/2019

काठमाडौं, ९ चैत । सात बुँदे घोषणापत्र जारी गर्दै तीन दिने अन्तर्राष्ट्रिय संस्कृत सङ्गोष्ठी सम्पन्न भएको छ ।

भारत सरकार संस्कृति मन्त्रालय, भारतीय राजदूतावास र विवेकानन्द सांस्कृतिक केन्द्रको आयोजनामा मङ्गलबारदेखि कार्यक्रम शुरु भएको थियो ।

सङ्गोष्ठीमा नेपाल र भारतका गरी ५०० भन्दा बढी संस्कृतका विद्वान्को सहभागिता थियो । संस्कृतको संवद्र्धनका लागि दुवै देशका सरकारसँग अनुरोध गर्ने निष्कर्ष पनि कार्यक्रमले निकालेको छ ।

प्रत्येक वर्ष पालैपालो सम्मेलन आयोजना गरी संस्कृतमा भएगरेका कामको विश्लेषण गरिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ