अनुदानमा कुटी काट्ने मेसिन र दुध राख्ने क्यान प्रदान

समाचार

1/20/2020

सुनसरी, ७ माघ । इटहरी ५ का हरी प्रसाद आचार्यले ८ वर्षको उमेर देखि नै गाई पाल्दै आएका छन् । अहिले पनि उनी १४ वटा गाई पालिरहेका छन् ।

उनले गाई पाल्न थालेको यतिका वर्षमा जिन्दगीमै पहिलो पटक अनुदान पाएका छन् । इटहरी उपमहानगरले अनुदानमा कुटी काटने मेसिन र दुध राख्ने क्यान प्रदान गरेपछि ७६ वर्षका जेष्ठ नागरिक आचार्य निक्कै खुशी देखिन्थे ।

इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले सोमबार १५ जनालाई कुटि काट्ने मेसिन, ५ जनालाई दुई दुइवटा क्यान र पाँचजनालाई क्रिम निकाल्ने मेसिन प्रदान गरेकी हुन् ।

उपप्रमुख गौतमले पशुपालक कृषकलाई उत्प्रेरित गर्दै आत्मनिर्भर वनाउन बिभिन्न समाग्री प्रदान गरिएको बताइन् । उनले सात लाख बराबरको समाग्री प्रदान गरिएको बताइन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ