काठमाडौं, १७ चैत । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले नेपालमा स्थापना गर्ने ५५ हजार मेट्रिक टन क्षमताको व्यावसायिक अन्न भण्डारण केन्द्र सञ्चालनका लागि भारतको नेशनल कोलेटरल म्यनेजमेण्ट कम्पनीसँग प्राविधिक सहकार्य गर्ने भएको छ ।
काठमाडौमा दुवै पक्षले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
नेपाल वेयरहाउजिङ्ग कम्पनीले नेपालको सुनसरी, पर्सा र कपिलबस्तु गरी तिनैै जिल्लामा १र१ वटा आधुनिक भण्डारण गृह (पहिलो चरणमा धान, मकै र भटमास र दोस्रो चरणमा चामलको भण्डारण समेत गर्ने योजना रहेको) निर्माण गर्ने बताएको छ ।
उक्त भण्डारण गृहमा किसानले ल्याएको अन्नहरुलाई सफाई गरी उचित चिस्यानको व्यवस्थापन गरी, वैज्ञानिक तवरले सुरक्षित भण्डारण गर्नका साथै मण्डी र वेयरहाउजिङ्ग रसिद प्रदान गरी लगानीको वित्तीयकरण गराइदिने कम्पनीको योजना छ ।
भारतको नेशनल कोलेटरल म्यनेजमेण्ट कम्पनी भारतमा अग्रणी अन्न व्यवस्थापन कम्पनी रहेको छ । भारतका विभिन्न ८ सयभन्दा बढी स्थानहरुमा यस कम्पनीले अन्न व्यवस्थापनसम्बन्धी अनेकौँ सेवाहरु दिँदै आएको छ ।
तपाईको प्रतिक्रिया