काठमाडौं, १९ जेठ । अनलाइन पत्रकार संघको अध्यक्षमा शिवप्रसाद सत्याल पुनः चयन भएका छन् ।
काठमाडौंमा शनिबार सम्पन्न संघको दशौँ साधारणसभाले सत्यालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसहमत चयन गरको हो । संघको उपाध्यक्षमा कान्तिपुरका विजयराज खनाल चयन भएका छन् ।
यस्तै सचिवमा अर्थबजार डटकमका डिल्लीप्रसाद सापकोटा, कोषाध्यक्षमा हाम्राकुरा डटकमका गोविन्द अधिकारी चुनिएका हुन् ।
यस्तै सदस्यहरुमा सेतोपाटी डटकमका प्रकाश ढुंगाना, काठमाडौं खबर डटकमका चन्डिका गुरागाईं, अन्नपूर्णका निर्दोष घोरसाइने चयन भएका छन् । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।
तपाईको प्रतिक्रिया