अनिल पुरीलाई एचआर म्यानेजर अफ दी इयर अवार्ड

समाचार

9/9/2019

काठमाडौं, २२ भाद्र । मानव संसाधन समाज नेपालले वार्षिक रुपमा प्रदान गर्ने म्यानेजर अफ दी इयर यो वर्ष डाबर नेपालका एचआर कर्पाेरेट प्रमुख अनिल पुरी घोषित भएका छन् ।

मानव संसाधन समाज नेपालद्धारा आयोजित आठांै राष्ट्रिय मानव संसाधन सम्मेलन २०१९ को अवसर पारेर डाबर नेपालका एचआर कर्पेरिट प्रमुख अनिल पुरिलाई सो मानव संसाधनको ‘एचआर म्यानेजर अफ दी इयर’ अवाडं दिइएको हो ।

सम्मेलनको उद्घाटन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले विश्व बजारमा बिक्ने किसिमको श्रम र जनशक्ति तयार गर्नुपर्ने बताए । उनले श्रम बजारको आवश्यकताअनुसार श्रम विकास गर्नुपर्ने नत्र कतै काम नपाउने अवस्था आउन सक्ने स्पष्ट पारे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ