विराटनगर, १३ फागुन । अपाङ्गता रोकथाम तथा पुनःस्थापना सम्बन्धी अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय अपाङ्ग महासंघ विराटनगर र करुणा फाउण्डेसन नेपालसँगको सहकार्यमा प्रदेश सरकार सामाजिक विकास मन्त्रालय १ नम्बर प्रदेशले अभिमूखीकरण कार्यक्रमको आयोजना गरेको हो ।
सोमबार आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास मन्त्रालयकी राज्यमन्त्री जसमाया गजमेर, विराटनगर महानगरपालिकाकी उपमेयर इन्दिरा कार्की, राष्ट्रिय अपाङ्ग महासंघकी अध्यक्ष पार्वता श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा अपाङ्गता भएका व्यक्तिको अधिकार, तथा अपाङ्गता न्यूनिकरण कसरी गर्ने भन्ने बिषयमा कार्ययोजना सम्बन्धी विषयमा प्रस्तुतीकरण एवम् छलफल भएको थियो ।
अपाङ्गता न्यूनिकरणको लागी तीन वर्र्षीय कार्ययोजना बनाइएको र उक्त कार्यक्रम चार चरणमा गरिने कार्यक्रममा प्रस्तुतीकरण दिँदै सामाजिक विकास मन्त्रालय सामाजिक महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले बताइन् ।
भण्डारीको अनुसार तीन वर्षिय कार्ययोजनाका लागी १ अर्व ८६ करोड ६ लाख २४ हजार ३ सय ६० प्रदेश सरकार, करुणा फाउण्डेसन नेपाल र स्थानीय सरकारको लागत साझेदारीमा कार्य गरिने छ ।
तपाईको प्रतिक्रिया