रौतहट, १८ जेठ । सामाजिक कार्यमा सक्रिय रहदै विभिन्न दैवी प्रकोपको बेला मानवीय सेवा गर्दै आएकी महिला सामाजिक अभियन्ताको रुपमा पहिचान बनाउन सफल भएकी महिला यशु थापाले रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ८ लक्ष्मीपुरमा गम्भीर रोगको कारण अपाङ्ग भएकी एक बालिकालाइ ट्राई साइकल सहयोग गरेकी छन् ।
विदेशमा बस्दै आएकी थापाले आफ्नो छोरा उत्सव सुवेदीको जन्म दिनको अवसरमा स्थानीय नन्दलाल राय यादवको १६ वर्षीया छोरी किरण कुमारी यादवलाई उक्त साइकल सहयोग दिएकी हुन् ।
कक्षा १० मा अध्यन गर्दै आएकी किरण कुमारीलाई गएको कार्तिक महिनामा छठ पर्वको भोली पटक अचानक पेटमा दर्द हुन थालेपछि उपचार गराउन जाँदा चिकितसकले दर्द रोक्ने सुई दिए लगतै खुट्टामा झनझनाहट उत्पन्न भाई डाढदेखि मुनिको अंग सुनिएर हिडडुल गर्ने अवस्था गुमाई अपाहिज भएकी छन् ।
आर्थिक अवस्था ज्यादै कमजोर भएको यादवले छोरीलाई निको बनाउन स्वदेश र विदेशमा उपचार गराएपनि निको हुन नसकेकोले अहिले किशोरी छोरी जिउँदो लाश भएर घरमा रहेको दुखेसो पोखेका छन् ।
युवा समाजसेवी नविन सिंहको पहलमा उपलब्ध गराइएको साइकल हस्तान्तरण गर्न गएको बेला पीडितले आफ्नो पीडा पोखेका थिए । सानैदेखि लालन पालन गरी ल्याएको छोरी युवा अवस्थामा आएर गम्भीर प्रकृतिका रोगको शिकार भएको सुनाउँदै यादवले भने ६ कठा जग्गा बेचेर उपचार गराए तर निको पार्न सकिएन ।
आर्थिक अवस्था निकै दयनीय भएकोले थप उपचार गराउन सक्ने अवस्था नरहेकोले भगवानको आशमा छोरीलाई घरमा राखेको छू । कृषि कार्य गरी पारिवारिक जीवन यापन गर्दै आएका पीडितका बूबा नन्दलाल यादवले छोरी जीवन बचाई दिन सबैसँग अपील गरेका छन् ।
स्थानीय सरकार रहेको भए पनि गरीब असहायलाई सहयोग गर्न कुनै चासो देखाउने नगरेको आलोचना गर्दै सम्पन्नको साथ सवै हुन्छ बिपन्न असहायलाइ कसैले रोज्न चाहदैन आशु झार्दै भने अब छोरी निको भई पहिलाको जस्तै घूमफिर गर्ने आश सपना भएको छ ।
बेटी बचाऊको नाउँमा स्थानीय सरकारले लाखौ लाख खर्च गर्ने तर बास्तविक पीडितलाई कुनै सहयोग गर्न नसक्नु दुखद रहेको भने । वीरगंज, काठमाडौं, शिवनगर, भारतको सीतामढी, चम्पापुर लगायतका ठाउँमा छोरीको उपचार गराएको बताउँदै यादवले अब उपचार गराउन सक्ने अवस्था नरहेको सुनाए ।
१६ वर्षीय किरण कुमारीको समय ओछ्यानमा सुतेर नै बितने गरेको छ । खुटा नचल्ने भएकोले दिशा पिसाव गराउन समेत कठिनाई हुँदै आएको छ ।
तपाईको प्रतिक्रिया