अप्पन टिभीले मनायो वार्षिकोत्सव

समाचार

1/16/2019

जनकपुरधाम, १ माघ । तराई–मधेशका लोकप्रिय टेलिभिजन ‘अप्पन टिभी’ चौथो वार्षिकोत्सव मनाएको छ ।

सो कार्यक्रममा प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले अहिलेको अवस्थामा सञ्चारमाध्ययम एउटा शसक्त माध्यम भएकोले यसबाट देशको परिवर्तनमा क्रान्ति ल्याउन सकिने बताएका छन् ।

अप्पन टिभीको चौथो बार्षिकोत्सवको अवसरमा जनकपुरधाममा आयोजित एक कार्यक्रममा उनले मुलुक संघीयतामा जान सञ्चारमाध्ययमले अहम् भूमिका खेलेको स्पष्ट पारेका छन् ।

समाज तथा देशमा देखिने कुरीतिहरुलाई चिर्दै समाजको उत्थानका लागि सञ्चारमाध्यमले निर्वाह गर्दै आएको भूमिका सराहनीय रहेको भन्दै प्रशंसा गरे ।

साथै उनले अप्पन टिभीले स्थानीय भाषालाई संरक्षण तथा सम्बद्र्धनका लागि गरेका प्रयासहरुको पनि प्रशंसा गरेका छन् ।

कार्यक्रममा प्रदेश सरकारका मन्त्री तथा राज्यमन्त्री, टिभीका सँचालक सदस्य, अध्यक्षसहितको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ