सिरहा, ३ बैशाख । धनगढी नगरपालिका–७ बस्ने १० वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सुखिपुर नगरपालिका–८ वस्ने २६ वर्षीय जो जो भन्ने कृष्ण मण्डल र सोही नगरपालिका–४ बस्ने २५ वर्षीय संजय श्रेष्ठ रहेका छन् ।
पाहुना बस्न आएका निज बालकलाई मण्डल र श्रेष्ठले सुखिपुर नगरपालिका–८ स्थित बाबुराम खोलामा लगेर मुख थुनी जबरजस्ती अप्राकृतिक मैथुन तथा मुख मैथुन गरेको भन्ने सूचना प्राप्त भए पश्चात ईलाका प्रहरी कार्यालय सुखिपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया