कैलाली, १९ वैशाख । घोडाघोडी नगरपालिका–१२ शिबपुर बस्ने १३ वर्षीया बालिकालाई आइतबार साँझ जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ८३ वर्षीय छोटेलाल डगौरालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले डगौरालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया