नेपालगन्ज, २४ मंसिर । ‘प्लाष्टिकमुक्त सहर, हामी सबैको रहर’ भन्ने अभियानका साथ नेपालगन्ज उपमहानगरपालिकाले सुरु गरेको अभियान प्रभावकारी हुँदै गएको छ ।
प्लास्टिकका झोला बिक्री–वितरणमा कडाइ गरेसँगै कागजका झोलाको माग र बिक्री दुबै बढ्दै गएको छ । बजारमा कागजका झोलाको माग बढ्न थालेपछि कागजका झोला उत्पादन गर्ने कम्पनीहरुको व्यापार बढ्नुका साथै झोला बिक्री गर्न भ्याईनभ्याई हुन थालेको छ ।
माग बढ्दै गएपछि विभिन्न कम्पनी र ब्रान्डका लोगो अकङ्ति आकर्षक कागजका झोला ठूलो परिमाणमा तयार गरेर बिक्रीका लागि राखिएको अन्शु प्रोडक्सनका सञ्चालक अञ्जु गुरुङले बताए । अन्शु प्रोडक्सनले गएको तीन महिनामा करिब १० क्विन्टलभन्दा बढी कागजका झोला बिक्री गरिएको छ ।
तपाईको प्रतिक्रिया