वीरगन्ज, २३ माघ । वीरगन्ज महानगरपालिकाले महानगरका ३२ वटै वडामा आगामी फागुन १ गतेदेखी दादुरा रुबेला विरुद्धको खोप अभियान संचालन गर्न लागेको छ ।
महानगरमा फागुन १ देखि १३ सम्म २ चरणमा गरी दादुरा रुबेला विरुद्धको खोप अभियान संचालन हुने भएको हो ।
बुधबार वीरगंज महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक महाशाखाले आयोजना गरेको नगर खोप समन्वय समिति, संचारकर्मी र सरोकारवालासँगको छलफल तथा अन्तकृया कार्यक्रममा खोप अभियानको बारेमा जानकारी गराइएको हो ।
र्यक्रममा महाननगरपालिकाको स्वास्थ्य तथा सामाजिक महाशाखाका प्रमुख अरुण कुमार महतोले फागुन १ गतेदेखी १३ गतेसम्ममा २ चरणमा गरी महानगरका ३२ वटै वडामा दादुरा रुवेला विरुद्धको खोप अभियान संचालन गरिने जानकारी गराए ।
जन्मेको ९ महिना देखी ५ वर्ष मुनिका बालबालिकालाई लक्षित गरी खोप अभियान संचालन गर्न लागिएको महत्तोले बताए ।
महानगरपालिकाको १ देखी १६ नम्बर वडामा फागुन १ गतेदेखी ३ गतेसम्म र वडा नम्बर १७ देखी ३२ मा फागुन ४ गते देखी ११ गते सम्म खोप अभियान चलाईने महतोले जानकारी दिए ।
महतोका अनुसार यो अभियान अन्तर्गत महानगरमा रहेका ९ महिनादेखी ५ वर्षसम्म्का १ हजार ६ सय २० जना बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप लगाउने लक्ष्य लिईएको छ ।
वीरगन्ज महानगरमा ३२ वटै वडामा गरी कुल १ सय ५४ खोप केन्द्र रहेको र अभियान अन्तर्गत ती सबै खोप केन्द्र मार्फत नै दादुरा रुवेला विरुद्धको खोप लगाईने जानकारी उनले दिए ।
अन्तरकृया कार्यक्रममा वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले खोप अभियानलाइ सफल पार्न महानगरका सबै वडा अध्यक्ष र नगरवासीलाइ आग्रह गरे ।
ल मृत्युदरको प्रमुख कारण दादुरा रुवेला नै देखीएकाले महानगरमा फागुन १ गतेदेखी सुरु हुने खोप अभियानमा आफनो वडामा रहेको खोप केन्द्रमा अनिवार्य रुपमा पुगेर ९ महिनादेखी ५ वर्षसम्मका आफना बालबालिकालाई खोप लगाउन उनले नगरवासीसँग आग्रह गरे ।
नगर प्रमुख सरावगीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख शान्ति कार्की, ३२ वटै वडाका वडा अध्यक्ष, जनस्वास्थ्य कार्यालयका प्रमुख , विधालयका शिक्षक, शिक्षिका, चिकित्सक, स्वास्थ्यकर्मी , सन्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया