जनकपुरधाम, २५ चैत । बारा र पर्साका हावाहुरी पीडितहरुको राहतका लागि एक अमेरिकी कम्पनीले एक लाख रुपैयाँ मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीलाई हस्तान्तरण गरेको छ ।
क्लोथ बैंक धनुषाको पहलमा अमेरिकन कम्पनी पाराकोसमाको मैनेजर सुजीत झा आफ्नो कार्यालयमा कार्यरत ५५ जना क्रमचारीको एकदिनको तलब र कम्पनीको तर्फबाट ५० हजारसहित एक लाख रुपैयाँ हस्तान्तरण गरेका छन् ।
राहत हस्तान्तरण कार्यक्रममा राजपा नेपालको तर्फबाट प्रदेश २ का राज्यमन्त्री डा. डिम्पल झा, संस्थाको पदाधिकारी तथा शुभचिन्तकहरु अमित पाण्डे, दिपक चौधरी, रुबि झा, खुस्बु साह, पारस जैन, जुनियर अभियानी आदित्य झा, अनु झा, महेन्द्र आनन्द तथा सञ्चारकर्मीहरुको उपस्थितिमा मुख्यमंत्री राहत कोषमा जमा हुने गरि मुख्यमन्त्रीलाई हस्तान्तरण गरिएको हो ।
तपाईको प्रतिक्रिया