रौतहट, १ मंसिर । रौतहट जिल्लाको सदरमुकाम गौरलाई चिनाउन अहम् योगदान पुर्याएका गौर नगरपालिकाका पूर्वनगर प्रमुख गौरीशंकर प्रसाद यादव पन्चतत्वमा विलीन भएका छन् ।
शुक्रबार भारतको दिल्लीमा उपचारको क्रममा निधन भएका पूर्वमेयर यादवको गृह जिल्लामा हिन्दु परम्परा अनुसार बागमति नदीको किनारमा दाह संस्कार गरिएको हो । अस्पतालबाट शनिबार विहान पार्थिव शरिर निजि निवास गौरमा श्रद्धाञ्जलीका लागि राखिएको थियो ।
यादवको पार्थिव शरिर माथि नेपाली काग्रेसका रौतहट निर्वाचन क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्य मोहमद आफताव आलमले फुलमाला अर्पण गरेर अन्तिम श्रद्धान्जली दिएका थिए ।
विकास पुरुषको नामले चिनिने पुर्व मेयर यादवलाई अन्तिम श्रद्धान्जली दिन जिल्लाका विभिन्न राजनितिक दलका नेताहरु उनको निवासमा पुगेका थिए ।
प्रदेश नम्बर २ का कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, प्रदेश सांसद रामकिशोर राय यादव, बाबुलाल साह कानु, नेकपाका नेता राजकिशोर प्रसाद यादव, भिखारी प्रसाद यादव, शम्भु साह कानु, नेपाली काग्रेसका जिल्ला सभापति कृष्ण प्रसाद यादव, गौर नगरपालिकाका प्रमुख अजय कुमार गुप्ता, राजदेवी नगरपालिकाका प्रमुख धिरेन्द्र कुमार सिंह लगायतका नेताहरु फुलमाला अर्पण गरि श्रद्धान्जली दिएका थिए ।
नेताहरुले गौरले एउटा कुशल नेतृत्व गर्ने तथा विकास गर्ने अभिभावक गुमाएका जिकिर गरेका छन् । कुनै समय हासी हासी तालि बजाएर स्वागत गर्ने गौरका स्थानियहरु आज आफनो सक्षम सवल मायालु एवम शान्त स्वाभावका अभिभावकलाई रोइ रोइ सदाका लागि विदाई गरेका छन् ।
फुलमालाले सृगारिएका विकासका संवाहक यादवको पार्थिव शरिर नगर परिक्रमा गराउदा हजारौको संख्यामा नगरवासी, आफन्त, इष्टमित्र, शुभेक्छुकहरु सहभागी भएका देखिएको थियो ।
सहभागीहरुको अनुहारमा अभिभावक गुमाएको पिडा प्रष्ट देखा परिरहेको थियो । पहिलो पटक मेयरमा निर्वाचित भएको वेलामा गर्नु भएका भौतिक पूर्वाधार गौर बसपार्क, नगरपालिकाको कार्यालय, गौरीशंकर यादव रौतहट क्याम्पसमा उनको पार्थिव शरिर श्रद्धान्जलीको निमित लगिएको थियो ।
तपाईको प्रतिक्रिया