जनकपुरधाम, १३ फागुन । प्रदेश प्रहरी कार्यालय प्रदेश नं. २ जनकपुरधाम मातहतका बिभिन्न प्रहरी कार्यालयहरुबाट खटिएको छुट्टाछुट्टै प्रहरी टोलीले फरक फरक स्थानहरुबाटगत ३ महिनाको अवधिमा बिभिन्न प्रजातिका अबैध काठ बरामद गर्ने क्रम प्रहरीले तीव्र बनाएको छ ।
प्रदेश मताहतका स्थानमा अवैधरुपमा काठको ओसारपसार तथा प्रयोग भइरहेको सूचनाको आधारमा खटिएको प्रहरीले विशेष सक्रियतामा सर्लाही, सिरहा, सप्तरी, महोत्तरी र बाराका विभिन्न स्थानमा काठ फेला पारी बरामद गरेको हो । ब
रामद काठ आवश्यक थप कारवाहीको लागि सम्बन्धित वन कार्यालयहरुमा बुझाइएको छ ।
तस्करीको काठ बरामद सम्बन्धमा प्रदेश प्रहरी कार्यालय प्रदेश नं. २ जनकपुरधामका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दानबहादुर थापा भन्नुहुन्छ, “काठ व्यवसायिक प्रयोजनका लागि काठ तस्करी हुने गरेको छ ।
तस्करीको काठ स्थानीय फर्निचरमा लगेर फर्निचर बनाउने र बजारमाविक्री वितरण गर्ने गरेको अनुसन्धानबाट खुल्ने गरेको छ । सानो सानो परिमाणमा खरिद गर्ने र ठूलो परिमाण बनाई बिक्री गर्ने गरेको पाइन्छ ।”
तपाईको प्रतिक्रिया