कपिलवस्तु, १२ माघ । अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाको दोस्रो अधिवेशनबाट अध्यक्षमा निरहु यादव निर्वाचित भएका छन् ।
कपिलवस्तुको कृष्णनगरमा शनिबार सम्पन्न अधिवेशनले निरहुको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको हो ।
अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाको उपाध्यक्षमा प्रतिमा विश्वकर्मा, अनेक पाण्डेय, सचिवमा राम लखन जयसवाल, सहसचिव सविता गुप्ता, कोषाध्यक्ष शाहबाज खान रहेका छन् ।
यसैगरी, सदस्यहरुमा बृजेश यादव, धनिराम कोरी, प्रीन्स मिश्रा, महेन्द्र कुमार धोबी, कमलेश चन्द्र गुप्ता तेली निर्वाचित भएका छन् ।
अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाको दोस्रो जिल्ला अधिवेशनको प्रमुख अतिथि कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाह अवधी भाषा संरक्षणमा विशेष जोड दिने बताए ।
नगर प्रमुख शाहले आउने दिनमा नगरपालिकाबाट प्रवाह हुने सेवा सुविधा अवधी भाषामा दिन समेत पहल गर्ने बताए । शाहले यस क्षेत्रमा अवधी भाषा बढी बोलिने भएकोले यसलाई संरक्षण गर्नु पर्ने दायित्व आफुहरुको भएको बताए ।
सोही कार्यक्रमका विशिष्ट अतिथि शिवराज नगरपालिका नगर प्रमुख नेत्रराज अधिकारीले अवधी पत्रकारहरुले गरेको यो कार्य अति नै प्रशंसनीय छ । अवधी भाषा, कला सहित्य संरक्षणका लागि नगरपालिकाबाट विशेष सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापाले अवधी भाषालाई संरक्षण लागि एक संग्रहलाय निर्माण गर्न सके आउने दिनमा यसले राम्रो प्रभाव पार्ने बताए ।
थापाले यस क्षेत्रमा लागेका पत्रकारले सत्य निष्पक्ष तवरले कलम चलाउनु पर्ने बताए । अतिथीहरुमा राजपा नेपाल केन्द्रीय सचिव रविदत्त मिश्रले अवधी भाषा हाम्रो पहिचनासंग जोडिएको भाषा हो । यसलाई संरक्षण गर्न हामी लाग्ने समय आएको बताए ।
तपाईको प्रतिक्रिया