सप्तरी, ७ जेठ । हनुमाननगर कंकालिनी नगरपालिका ३ पोर्ताहास्थित सरिफ रहमानको कवाडी पसलमा अवैध रुपमा भण्डारण गरी राखेको करिब १ हजार ५ सय किलो मरिच प्रहरीले बरामद गरेको छ ।
अवैध रुपमा कालो मरिच भण्डारण गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले स.१ च ४४८ नम्बरको टाटा पिकअप जिपबाट अनलोड गरी सोही कवाडी पसलमा भण्डारण गरेको अवस्थामा २५ किलोको ५१ वटा बोरामा तथा जिपबाट ५ वटा बोरा र गाडीबाट अनलोड गरी आगँनमा राखेको ४ वटा बोरा गरी ६० वटा बोरामा रहेको उक्त कालो मरिच फेला पारी बरामद गरेको हो ।
मरिच सहित जिप चालक रुपनी गाउँपालिका ५ बस्ने ३० वर्षीय भुपेन्द्र प्रसाद शर्मालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि राजश्वल अनुसन्धान कार्यालय ईटहरी, सुनसरी पठाइएको छ ।
तपाईको प्रतिक्रिया