अवैध रुपैयाँसहित दुई जना पक्राउ

समाचार

2/19/2019

रुपन्देही, ६ फागुन । सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा रुपन्देही नम्बर ३८ गुल्मबाट खटिएको एपीएफ टोलीले रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित डण्डाबाट नेपाली रुपैयाँ ४१ लाख ८५ हजार तथा २ लाख ८७ हजार एक सय भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा गुल्मी जिल्लाको रुपाकोट बस्ने ४५ वर्षिय चन्द्रकान्त पौडेल र भारतमा घर बताउने ३३ वर्षिय सोमै धवल छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको यूपी ५६ टी ३०७१ नम्बरको भारतीय टोयोटा कारमा जाँच गर्दा उक्त कारमा सवार निज पौडेलले झोलामा राखेर ल्याउँदै गरेको अवस्थमा उल्लेखित रुपैयाँ फेला परेको थियो ।

उनीहरुले उक्त रकमको स्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुमध्ये निज धावल उक्त गाडीका चालक हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ