अवैध लागूऔषधसहित खत्री पक्राउ

समाचार

6/15/2019

बाँके, ३२ जेठ । नेपालगंज उपमहानगरपालिका १५ स्थित बर्दिया गेरुवा गाउँपालिका २ बस्ने २६ वर्षीय स्वरुप खत्रीलाई लागूऔषधसहित पक्राउ गरिएको छ ।

खत्रीलाई अवैध लागूऔषध ब्राउनसुगर २३ ग्रामसहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा ५ नम्बर प्रदेश लागूऔषध नियन्त्रण ब्यूरो र ईलाका प्रहरी कार्यालय जमुनाहबाट संयुक्त रुपमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आइरहेका खत्रीलाई जाँच गर्दा उक्त लागूऔषध फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ