विराट एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

समाचार

2/17/2020

विराटनगर, ६ फागुन । उद्योग संगठन मोरङको आयोजनामा ‘आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने नाराका साथ विराटनगरमा ‘विराट एक्स्पो’ सञ्चालन भइरहेको छ । 

विराटनगरको शंकरपुरमा जारी मेला अवलोकन गर्नेको घुइँचो रहेको छ । एक्स्पोमा प्रदर्शनीमा राखिएका सामान बजारभन्दा सस्तो भएपछि किन्नेको अत्यधिक भीड बढेको आयोजकले बताएको छ । मेला अवलोकन गर्न आन्तरिकका साथै भारतको विहारबाट समेत आएका छन् ।

मेलामा करिब ४५ हजारभन्दा बढीले मेला अवलोकन गरेको प्रचारप्रसार संयोजक नन्दु राठीले जानकारी दिए । उनले भने, ‘हामीले अपेक्षा गरेभन्दा बढीले मेलाको अवलोकन गर्न आएका ‘छन् । यही गतिले मेला अघि जाने हो भने हामीले सोचेको र भनेको अवलोकनकर्ता संख्या धेरै हुने देखिन्छ ।’

साथै करिब पाँच करोड बढीको कारोबार भएको आँकलन मेला आयोजकको छ । मेलामा आएका व्यक्तिले विगतभन्दा धेरै व्यवस्थित रहेको बताएका छन् ।

मेलामा कपडाका साथै भन्सारमा प्रयोग हुने सामान किन्नेको धेरै भीड रहेको छ । यसपटक आयोजकले मेलाको अर्को आकर्षण हेलिकप्टरबाट विराटनगर बजारको दृश्याअवलोकन गर्ने रहेको छ । फागुन २ गतेबाट सुरु भएका एक्स्पो फागुन १० गतेसम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ