स्थापना दिवसको अवसरमा रक्तदान

समाचार

12/30/2019

बुटवल, १४ पुस । बिरामीलाई रगतको अभाव हुन नदिन मदन भण्डारी स्पोटर््स् एकेडेमीको खेलाडी तथा युवाहरुले रक्तादान अभियान चलाएका छन् ।

एकेडेमीको एघारौँ स्थापना दिवसको सन्दर्भ उपाध्यक्ष धु्रव आचार्यले समाजसेवा र कल्याणकारी कामका लागि एकेडेमीले यस्तो अभियान चलाएको बताए । उनले देशभरि यस्तो अभियान चलाउने जानकारी पनि दिए । एकेडेमी रुपन्देहीका जिल्ला अध्यक्ष कृष्ण देवकोटाका अनुसार, यस्तो अभियान अन्तर्गत शनिबार रुपन्देहीका विभिन्न स्थानमा युवा तथा खेलाडीले रक्तदान गरेका थिए ।

जसअन्तर्गत एकेडेमी बुटवल उपमहानगर कमिटीले आयोजना गरेको कार्यक्रममा चार महिलासहित ४० जनाले रक्तदान गरे ।

शनिबार नै रुपन्देहीको सैनामैना नगरपालिकामा ४० जना युवा तथा खेलाडीले रक्तदान गरेका छन् नगरप्रमुख चित्रबाहदुर कार्कीको प्रमुख आतिथ्तामा भएको कार्यक्रममा एकेडेमीमा जिल्ला अध्यक्ष कृष्ण देवकोटा, सैनामैनाका अध्यक्ष यमलाल खरेल, कार्यक्रम संयोजक सुशील भण्डारी, सचिव दीपक न्यौपानेलगायतले बोलेका थिए ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ