चितवन, ५ बैशाख । अष्ट्रेलियाका थारु सोसाईटीले जलेश्वर महतो बचाउ अभियानका लागि अहिलेसम्म प्राप्त सहयोग मध्येको ठूलो रकमको आर्थिक सहयोग गरेका छन् ।
सोसाईटीले पाँच लाख २४ हजार ७४० रुपैयाँ जलेश्वर बचाउ अभियानको नाममा गरिमा विकास बैंकको खाता नं. ०३७१०१००७४००७५०००००१ मा उक्त नगद जम्मा गरी बैंक भौचर जलेश्वरका बुबाआमा सुकराम महतो र मलुई महतोलाई हस्तान्तरण गरिएको छ ।
उक्त भौचर चर्मेश्वर पटदार बन्धु सेवा समाजको २४ औं वार्षिक साधारण सभाको उदघाटन समारोहमा समाजका सभापति राजेन्द्र प्रसाद चौधरीले हस्तान्तरण गरे ।
थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य समेत रहेका राजेन्द्र प्रसाद चौधरीले आफूले हालसालै अष्ट्र्लिया भ्रमणको क्रममा त्यहाँ रहेका थारुहरुलाई जलेश्वर महतो बचाउ अभियानलाई आर्थिक सहयोगका लागि अनुरोध गरेको बताए ।
थारु सोसाईटी सिड्नी अष्ट्रेलियाका अध्यक्ष दिपनारायण चौधरीले अष्ट्रेलियामा जलेश्वर महतो बचाउ अभियानका लागि आर्थिक संकलन गरी १५ अप्रिलका दिन उक्त रकम बैंकमा जम्मा गरी चर्मेश्वर पटदार बन्धु सेवा समाजलाई इमेल मार्फत पठाएका थिए ।
उक्त भौचर सहित चर्मेश्वर पटदार बन्धु सेवा समाजले आफ्नो कोषबाट नगद १५ हजार आर्थिक सहयोग गरेका छन् ।
तपाईको प्रतिक्रिया