वीरगन्ज, २४ चैत । बारा र पर्साका हुरी प्रभावितहरुका लागि अस्थायी टहरा निर्माणमा नेपाली सेना जुटेको छ ।
वीरगन्जस्थित चण्डी प्रसाद गणका नेपाली सेनाका जवानहरुले पर्सा र बारा जिल्लामा गरी १ सय ५२ वटा त्रिपाल टाँगेका छन् ।
पर्सा जिल्लाको अति प्रभावित क्षेत्र जगरनाथपुरमा ४८, सुखचैनामा ३८, उदयपुरघुर्मीमा ४, बहुदरमाईमा १५ र ठोरीमा ३ वटा गरी ९२ वटा पाल टाँगिएको हो ।
परवानीपुर गाउँपालिका वडा नं ४ चैनपुरमा थप ६० वटा त्रिपाल टाँगिएको नेपाली सेनाले जनाएको छ । उद्धार र राहत वितरण सकिए लगतै नेपाली सेवाका जवानहरु त्रिपालको अस्थायी टहरा निर्माणमा जुटेका हुन् ।
तपाईको प्रतिक्रिया